Error loading page.
Try refreshing the page. If that doesn't work, there may be a network issue, and you can use our self test page to see what's preventing the page from loading.
Learn more about possible network issues or contact support for more help.
Title details for वैदिक आध्यात्मिक दिव्य ज्ञानमाला by Bhuban Pandey - Available

वैदिक आध्यात्मिक दिव्य ज्ञानमाला

ebook

मेरो नाम भुवन पाण्डे हो| मेरो भौतिक शरीर १९५७ मा काठमाडौंमा जन्मिएको थियो| म १९८८ मा एमबीए अध्ययन गर्न अमेरिका आएँ र मेरो अमेरिकाको जीवन सुरु भयो| म वेदान्त (वैदिक सनातन धर्म) को अनुयायी र साधक हुँ| मैले यो आध्यात्मिक पुस्तकमा स्वामी विवेकानन्द र अन्य साधूसन्त/महात्माबाट सिकेका ज्ञान आफ्नो अनुभवहरूको आधारमा प्रस्तुत गरेको छु| यस पुस्तकमा वेदान्त बारे हामीले जान्नै पर्ने प्रश्नहरू/उत्तरहरू/विश्लेषणहरू वैज्ञानिक तरिकाले छलफल गरिएका छन्| वेदान्त कसरी व्यवहारमा उतार्ने ताकि हाम्रो जीवन सरल, शान्त र आनन्दले भारिपूर्ण हुँदै जान सकोस् भन्ने कुरामा विशेष जोड दिएको छु| वेदान्त पछि बुझ्दै गरौंला, व्यस्त छु, अहिले मोज गरौं आदि सोचाईहरू हाम्रा मनमा आउन सक्छन जून गलत सोचाईहरू हुन्| किनकि वेदान्तको आधारमा आधुनिक जीवन जिउन सकेमा हामीलाई कुनै समस्याले पनि दुखी बनाउन सक्दैन, चीर स्थायी शान्ति मिल्छ र जीवन परिपूर्ण र आनन्दमय हुँदै जान्छ| यो परम सत्य हो!
वेदान्त वेदको सार हो; वेद हिन्दु धर्म, दर्शन, संस्कृति, साहित्य आदि सबैको मूल श्रोत हो | त्यसैले हिन्दु धर्मलाई वेदान्त (वैदिक सनातन धर्म) भन्नु बढी तर्क सङ्गत हुन्छ| वेदान्त ऋषि वा ऋषिकाहरू मार्फत आविष्कार हुँदै आएका सनातन आध्यात्मिक ज्ञानहरूमा आधारित छ| आध्यात्मिक भन्नाले 'मानवको वास्तविक स्वरूप बारे' भन्ने बुझिन्छ | "परिपूर्ण र आनन्दमय जीवन" को लागि वेदान्तको जानकारी हामी सबैलाई हुन आवश्यक देखिन्छ | विशेष गरेर आधुनिक युगका जीवन शैलीबाट अतृप्त व्यक्तिहरूले यो ज्ञानबाट निकै लाभ उठाउन सक्छन् | वेदान्त जानेर जीवन सरल, शान्त र आनन्दले भारिपूर्ण बनाउनु होस्| सबैको लागि यो सम्भव छ!

Formats

  • OverDrive Read
  • EPUB ebook

Languages

  • Nepali